News
१३औं सागका सबै समिति विघटन
काठमाडौं । नेपालमा सम्पन्न १३्औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।
१३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानिय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय माघ ५ गतेदेखि विघटन गर्ने निर्णय गरिएको हो ।
२६ खेल समावेश १३औं साग २०७६ साल मंसिर १५ देखि २४ गतेसम्म भएको थियो । ऐतिहासिक सफलता हात पार्ने क्रममा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी २ सय ७ पदक जितेको थियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै