News रेड स्टार एफसी बिर्तामोडको अध्यक्षमा देवेन्द्र राउत
रमेश समदर्शी

झापा बिर्तामोडको सफल क्लब रेड स्टार फुटबल क्लबको अध्यक्षमा देवेन्द्र राउत निर्वाचित भएका छन् ।

बिर्तामोडमा भएको दोस्रो अधिवेशनले राउतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा लवकुमार चौधरी, उपाध्यक्षमा प्रवीण गौतम, सचिवमा प्रेमकृष्ण श्रेष्ठ, सहसचिवमा सडकलाल राजवंशी र कोषाध्यक्षमा ममता भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा भुवन तामाङ, मनिष शंकर, निकेश लिम्बू, रमेश गुरुङ, वासु उप्रेती, किरण थापा, झलकसिंह राजवंशी र नारायण गौतम सर्वसम्मत निर्वाचित भएका छन् । समितिमा श्रेष्ठले तेस्रो कार्यकाल पनि सचिवमा दोहोर्‍याएका छन् भने सदस्यमा निर्वाचित शंकर टिम व्यवस्थापकका रुपमा रहेको निर्वाचन समितिका संयोजक हिमाल बस्नेतले जानकारी दिए ।

यसअघि क्लबका अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतमा भएको खुलासत्रमा प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अतिथिहरु झापा जिल्ला फटबल संघका अध्यक्ष भगिरथ आले मामा, बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई, पूर्वजनप्रतिनिधि भोजराज सिटौला, फुटबल प्रशिक्षक प्रवेश कटुवाल, नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, नेकपा एमालेका अध्यक्ष सुवास भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्लबका सहसचिव लवकुमार चौधरीले सञ्चालन गरेको कार्यक्रममा क्लबले कोशी प्रदेशका विभिन्न आधा दर्जनभन्दा बढी फुटबल प्रतियोगितामा उपाधि जितेको छ भने दर्जनभन्दा बढी प्रतियोगितामा उपविजेता बनेको जानकारी दिइयाे ।

बन्दसत्रमा ३३ लाख ७० हजार ५९० रूपैयाँकाे आय-व्यय प्रतिवेदन पारित भएकाे थियाे । अधिवेशनकै सन्दर्भका अध्यक्ष विश्वकर्मालाई सम्मान गरिएको थियो । क्लबमा उनले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै विश्वकर्मालाई सम्मान गरिएको हो

Post Comments