इन्टरनेशनल इभेन्ट्स नेपालको आयोजनामा पहिलो ओपन फुटसल प्रतियोगिता २०२५ यही २०८२ साल श्रावण २ र ३ गते (जुलाई १७ र १८, २०२५) का दिन बुढानीलकण्ठस्थित देवी स्पोर्ट्स हाउसमा सम्पन्न हुने भएको छ।
प्रतियोगितामा आईसीएस एजुकेशन | माइग्रेसन शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) रहनेछ भने एक्स्ट्रीम इनर्जी ड्रिंक पावर स्पोन्सरको रूपमा रहनेछ।
प्रतियोगितामा विजेता टोलिले रु. १,००,००० (एक लाख रुपैयाँ) नगद प्राप्त गर्नेछ भने उपविजेता टोलिलाई रु. ५०,००० (पचास हजार रुपैयाँ) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ता लाई जनही रु. ५,००० नगद र ट्रफी प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलिहरूले रु. ८,००० (अक्षरुपी आठ हजार मात्र) प्रवेश शुल्क तिर्नुपर्नेछ। प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न हुने जानकारी आयोजक टोलीका संयोजक दिपक मल्ल ठकुरीले दिनुभएको छ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि