काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ मंगलबार भएका तीन खेलहरु मध्ये दुई खेलहरुमा संकटा फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबले जित हात पारेका छन् भने अर्को एक खेल बराबरीमा सकिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा संकटाले एपिएफ फुटबल क्लबमाथि ६–१ को प्रभावशाली जित निकाल्यो । यो नतिजापछि ४ खेलबाट ९ अंक जोडेको संकटा लिगतालिकाको चौथो स्थानमा छ । पराजित एपिएफ भने ३ अंकका साथ पुछारतिर १२औं स्थानमा संघर्षरत छ ।
त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा मच्छिन्द्रले श्री भगवती क्लबमाथि ६–० को शानदार जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लेको छ । यो जितपछि ५ खेलबाट १३ अंक जोडेको मच्छिन्द्र तत्कालका लागि शिर्ष स्थानमा छ । पराजित भगवती भने ३ अंकका साथ नवौं स्थानमा छ ।
त्यस्तै दिनको अन्तिम खेलमा जावलाखेल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि ५ खेलबाट जावलाखेलको ७ अंक भएको छ र लिगतालिकाको मध्यतिर नै छ । त्यसैगरी समान खेलबाट ५ अंक जोडेको एनआरटी आठौं स्थानमा छ ।
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने