News
प्ले अफ जित्दै हैरान्स एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट
काठमाडौं । प्ले अफ म्याचमा संघर्षपुर्ण जित हात पार्दै हैरान्स क्लब, तनहुँ आगामी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताका लागि छनौट भएको छ ।
शनिबार भएको एक मात्र प्ले अफ म्याचमा हैरान्सले श्री प्रोगेसिभ युथ क्लब, सप्तरीलाई पेनाल्टी शुटआउटमा हराउँदै प्रेसिडेन्ट लिगका लागि छनौट भएको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । पेनाल्टीमा भने हैरान्स ६–५ ले विजयी हुँदै एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट हुन सफल भयो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)