News
महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजिनामा
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि विल्डेले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन् । ६१ वर्षिय बेल्जियन प्रो लाइसेन्स प्रशिक्षक प्याट्रिक एक महिना अघि मात्रै महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
एएफसी महिला एसियन कप छनौट प्रतियोगितालाई लक्षित गरेर प्याट्रिकलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइए तापनि छनौट प्रतियोगिता सकिए लगतै उनी त्यतैबाट स्वदेश फर्किएका थिए ।
त्यसलगतै एन्फासँगको विवाद बाहिरिए पछि त्यसले नेपाली फुटबलमा ठूलै चर्चा बटुलेको थियो । प्याट्रिकले एन्फा नसुध्रिए आफ्र नेपाल नफर्कने समेत बताएका थिए । अन्ततः विभिन्न अडकलबाजीका बीच प्याट्रिकले राजिनामा दिएका हुन् ।
प्याट्रिकको राजिनामाबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने आधिकारिक रुपमा अहिले केही खुलाएको छैन ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)