News
एन्फा युथ लिग: एपिएफसँग शेर्पा पराजित
काठमाडौं । एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न दिनको पहिलो खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले हिमालयन शेर्पा क्लबलाई २-० को अन्तरले हरायो । एपिएफको जितमा पुजन ढकाल र आदर्श मेचेले गोल गरे ।
यो जितपछी ६ खेलबाट ९ अंक जोडेको एपिएफ लिगतालिकाको छैटौं स्थानमा उक्लेको छ । उता हार बेहोरेको शेर्पा भने ८ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments