News
मनाङले आर्मीलाई हरायो, भगवतीसँग फ्रेन्ड्स निराश
काठमाडौं । एन्फा यु-१६ युथ लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार मनाङ मर्स्याङ्दी क्लब र श्री भगवती क्लबले जित हात पारेका छन ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा मनाङले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले हरायो । मनाङको जितमा दुवै गोल प्रकाश सिंहले गरे ।
यो जितपछी ७ खेलबाट १४ अंक जोडेको मनाङ लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । पराजित आर्मी भने ३ अंकका साथ १३औं स्थानमा छ ।
बुधबार नै भएको अर्को खेलमा भगवतीले फ्रेन्डस क्लबलाई १-० ले पराजित गर्यो । यो जितपछी भगवती ७ खेलबाट ६ अंकका साथ दशौ स्थानमा छ । पराजित फ्रेन्ड्स भने १६ अंकका साथ तेस्रो स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा