News पाल्पाको बगनासकालीमा तीज स्पेशल कप हुँदै
सुरज राना मगर

बगनासकाली । नव जागृति युवा क्लब, बगनासकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा आउँदै गरेको हरितालीका (तीज) को अवसर पारी यही साउन ३० गतेदेखि तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बगनासकाली गाउँपालिका स्थित कोठीचौर खेलमैदानमा हुने प्रतियोगिताको यही साउन २७ गतेसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७००० र कार्ड डिपोजिट वापत १००० शुल्क तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष जनक गाहा मगरले जानकारी दिए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गाहाले बताए ।

सम्पर्क नम्बर र अन्य जानकारीका लागि यहाँ हेर्नुहोसः

 

Post Comments