News
साफ यु–१५ च्याम्पियनसिप : नेपालको यात्रामा पाकिस्तान बाधक
साफ यु–१५ च्याम्पियनसिपमा बिहीबार आयोजक नेपालको यात्रा सेमिफाइनलबाटै समाप्त भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले पाकिस्तानसँग ४–० ले हार बेहोर्दै सेमिफाइनलबाटै बाहिरिएको हो ।
नेपालले अब तेसे स्थानका लागि शनिबार भारतसँग खेल्नेछ । त्यस्तै उता उपाधिका लागि भने पाकिस्तानले शनिबार नै बंगलादेशको सामना गर्नेछ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशले भारतलाई हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।
यता खेल पश्चात नेपालका प्रशिक्षक सनोज श्रेष्ठले आफ्नो टोली शारीरिक रुपमा बलिया प्रतिद्वन्द्वीसँग पराजित हुन पुगेको प्रतिक्रिया दिए ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन