काठमाडौं । स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रिक्वाटरफाइनल पुग्ने बाँकी १४ टिमको पनि टुंगो लागेको प्रतियोगिता संयोजक सुदर्शन जमकटेलले जनाएका छन् ।
प्रिक्वाटरफाइनल पुग्ने अन्य टिममा पिस प्वाइन्ट, ब्रम्हकुञ्ज, रिब्स, स्वेता सदन, बाल विकास, शुभकामना, सन्दिपनी ज्ञान मन्दिर, ह्वाइट हेभन, नोबेल, मनास्लु, एकलब्य, कौशल, एक्टिभ र गोकर्णेश्वर लाइट एकेडेमी रहेका छन् ।
सुकेधारास्थित बागमती स्कुलमा भइरहेको प्रतियोगतामा काठमाडौं महानगर र काठमाडौंका विभिन्न ९ महानगरपालिका विद्यालयका ४५ टिमको सहभागिता रहेको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
- ठमेल ११ लाई प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि
- रुपन्देहीमा अन्तर माविस्तरीय अक्सफोर्ड नेपाल फुटसल कप हुँदै
- बुद्ध युवा क्लबलाई दोस्रो बेस्ट लाईफ कप रिकभरी फुटसलको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न