News कुम्मायक पाँचथर उपाधि नजिक
गोलनेपाल

म्याङलुङ । तेह्रथुमको म्याङलुङमा लाखेजात्राको अवसरमा आयोजित नेत्र गुरागाइ स्मृती गोल्डकप अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कुम्मायक पाँचथरले ईटहरी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएको उक्त खेल पेनाल्टीमा पाँचथरका गोलकिपर असिम राईले दुई पेनाल्टी रोक्दै नायक बन्दा ईटहरीको उपाधी यात्रा टुङ्गिएको हो।

पेनाल्टी प्रहारमा कुम्मायकका लागि क्रमशः निरज लिङ्देन, मिराक लिम्बु, दिपेश लिम्बु र बेगम गुरूङ्ले गोल गरेका थिए। 

उता ईटहरीको लागि बिशाल तामाङको पहिलो प्रहार पाँचथरका गोलरक्षक असिम राईले रोक्दा दोस्रो प्रहार भने प्रबेश बस्नेत गोल गर्न सफल भएका थिए। तेस्रो प्रहार सन्जय धिमालले गोल गर्दा अनिस परियारको चौथो प्रहारलाई पनि पाँचथरका गोलकिपर असिम राईले रोक्दै आफ्नो टोलीलाई उपाधि नजिक पुर्याएका हुन । समग्रमा ईटहरि पाँचथरसंग दुईका बिरूदॄ चार गोल नतिजामा पराजित हुन पुग्यो । एक एक प्रहार अगावै खेलको अन्तिम नतिजा आएको थियो।

सोमबार दोस्रो सेमिफाइनल खेल बिबिसि तेह्रथुम र एपिएफ पकली सुनसरीबिच दिनको ठिक दुई बजे म्याङलुङ रङ्गशालामा सुरू हुने छ ।

Post Comments