News
झापाको फराकिलो जित, स्टुडेन्टस पनि सफल
काठमाडौं । एन्फा महिला लिग छनौट प्रतियोगिता अन्तर्गत आइतबार झापा फुटबल क्लब र स्टुडेन्ट फुटबल क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै तीन–तीन अंक जोडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको समूह बी तर्फको खेलमा झापाले पोखरा गल्र्स फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले हराएको हो ।
त्यस्तै आइतबार नै भएको समूह ए तर्फको अर्को खेलमा स्टुडेन्टस फुटबल क्लबले सिन्धुपाल्चोक फुटबल क्लबमाथि ३–१ को जित निकाल्दै खातामा तीन अंक जोड्न सफल भयो ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शुरु छनौट प्रतियोगितामा कुल १४ टोलीहरु सहभागि छन् । छनौट प्रतियोगिताबाट कुल पाँच टोलीहरु एन्फा महिला लिगका लागि छनौट हुनेछन् ।
Post Comments