News एन्फा यू -१८ युथ लिग मंसिर पहिलो सातादेखि हुने तय
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (ANFA) र ए डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा यू -१८ युथ लिग सम्बन्धी छलफल सम्पन्न भयो ।

महासचिव किरण राईको नेतृत्वमा भएको छलफलमा लिग २०८२ मंसिर ३ गतेदेखि सुरु गर्ने सहमति भएको छ। सहभागी टोलीहरूलाई तयारी खर्च स्वरूप प्रति टिम रु. ३ लाख ५० हजार प्रदान गरिनेछ।

सोही अनुसार प्रतियोगिताका लागि टिम दर्ता असोज १० गतेभित्र, न्यूनतम खेलाडी दर्ता कार्तिक २४ गतेसम्म सक्नुपर्नेछ। साथै कार्तिक २५ गते FIFA Connect Workshop र Social Media Workshop सञ्चालन गरिनेछ भने कार्तिक २६ गते प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिनेछ।

छलफलमा एन्फा महासचिव राई लगायत केन्द्रीय सदस्यहरू पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र मनिष जोशी, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर र ए डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Post Comments