News
दोस्रो हिमालयन फुटसल गोल्डकपको तयारी पूरा
काठमाडौं। हिमालयन फुटबल क्लबको आयोजनामा दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले यहीँ भदौ १२ र १३ गते हुने जानकारी दिएको हो ।
प्रतियोगिताको विजेताले तीन लाख पाउने छ भने उपविजेताले एक लाख पाउनेछ। यस्तै, विधागततर्फ अनुशासित टिमले २० हजार पाउनेछ। सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान १० हजार पाउनेछ भने उत्कृष्ट म्यानेजर र उत्कृष्ट कोचले समान ५ हजार पाउनेछ।
प्रतियोगिताको तयारी पूरा भए तापनि टिम दर्ताको लागि ५ गतेसम्म मिति तय गरिएको छ । खेल तालिका भदौ १० गते सार्वजनिक हुनेछ। टिम दर्ताको लागि १५ हजार दर्ता शुल्क तोकिएको छ। प्रतियोगितामा काठमाडौं उपत्यका भन्दा बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले नै गरेको क्लबका अध्यक्ष विनोद कार्कीले बताए ।
त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- ठमेल ११ लाई प्रथम खुल्ला फुटसल प्रतियोगिता २०८३ को उपाधि
- रुपन्देहीमा अन्तर माविस्तरीय अक्सफोर्ड नेपाल फुटसल कप हुँदै
- बुद्ध युवा क्लबलाई दोस्रो बेस्ट लाईफ कप रिकभरी फुटसलको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न