News कतारः नाइन स्टार (निलो) लाई प्रथम नाइन स्टार कपको उपाधि
गोलनेपाल

काठमाडौं । कतारमा रहेका प्रवासी नेपालीहरुबीच सम्पन्न प्रथम नाइन स्टार कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक नाइन स्टार फुटबल क्लब (निलो) ले जितेको छ ।

फाइनलमा नाइन स्टार (निलो) ले सिएफसी (रातो) लाई १–० को अन्तरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । नाइन स्टारका लागि मनोज परियारले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको नाइन स्टार (निलो) ले उपाधिसहित नगद ४,४४४ कतारी रियाल हात पार्दा उपविजेता सिएफसी (रातो) ले २,२२२ कतारी रियालसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

नाइन स्टारका गणेश थापा फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । अन्य विधागततर्फ नाइन स्टार कै सुजन धिमाल उत्कृष्ट गोलरक्षक बन्दा अजय मण्डल उत्कृष्ट डिफेन्डर चुनिए ।

त्यस्तै सर्वाधिक गोलकर्ता सिएफसी (निलो) का हिकमन लिम्बु बन्दा उत्कृष्ट प्रशिक्षक सिएफसी (रातो) का दिपक सुनार बने । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने नाइन स्टार (निलो) कै कप्तान बिनोद गुरुङ घोषित भए ।

नाइन स्टार फुटबल क्लब, दोहा, कतारको आयोजनामा गत अगस्त २२ तारीखदेखि शुरु भएको प्रतियोगितामा कतारमा रहेका प्रवासी नेपालहिरु सम्मिलित कुल २१ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments