पुनर्वास । फराकिलो जितका साथ पुनर्वास–३ रातो यहाँ जारी १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ पुनर्वास–३ रातोले आर.आर.रोमानी एफसीलाई ८–० को फराकिलो अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
पुनर्वासको जितमा सुशिल तामाङले ह्याट्रिकसहित चार गोल गर्दा सन्तोष तामाङ, राजेन्द्र तामाङ, मनसुन तामाङ र अरविन्द तामाङले समान एक–एक गोल गरे । खेलमा पुनर्वास कै सुशिल तामाङ म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै अर्को खेलमा प्याराताल युवा क्लबले अरनिको युवा क्लब (निलो) लाई ३–१ ले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्यो । प्यारातालको जितमा धर्वेन्द्र कुँवरले दुई गोल गर्दा सुरज महतोले एक गोल थपे । उता पराजित अरनिकोका लागि भने दिनेश तामाङले एक मात्र गोल फर्काएका थिए ।
सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल भने असोज २७ गतेका दिन हुनेछ ।
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा