कालिका । गैरीबारी फुटबल एकेडेमी, कालिका नगरपालिका–८, चितवनको आयोजनामा यही असोज २५ देखि कार्तिक ४ गतेसम्म सहिद स्व. खेम बहादुर खत्री स्मृति दोस्रो गैरीबारी झरना कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
गैबिारी आर्मी क्याम्प खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ४००० तोकिएको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सचिन गुरुङले बताए । त्यसबाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बरहरु 9848537920, 9865159748 मा सम्पर्क गर्न सकिने पनि खेल संयोजक सचिन गुरुङले बताए ।