
मोरङको बेलबारी १० भाउन्नेमा भाउन्ने कप नकआउट फुटवल प्रतियोगिता २०७७ हुने भएको छ ।
भाउन्ने युवा क्लवको आयोजनामा हुने प्रतियोगिताको मुस्ताङ प्रिमियर स्ट्रङ वियरले प्रायोजन गर्ने छ । खेलकोे सह प्रायोजक मल्टि मिसन ट्रेनिङ सेन्टर धरानले गरेको छ भने बेलबारी नगरपालिका र १० नं. वडा कार्यलय बेलबारीको सहयोगमा प्रतियोगिता संचालन हुन लागेको संयोजक विक्रम तामाङले बताएका छन ।
माघ २५ गते देखि फागुन ४ गते सम्म संचालन हुने प्रतियोगीतामा झापा मोरङ र सुनसरीका १० टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपयाँ प्राप्त गर्ने छ भने उप विजेताले ३३ हजार ३ सय ३३ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २१ सय प्रदान गर्ने तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई विधागत पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगीतामा रोयल स्पोटिङ क्लव झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, बेलबारी फुटबल क्लब बेलबारी, सगरमाथा फुटवल क्लव विराटनगर, आयोजक बि.वाई.सि निलो भाउन्ने, कुसुमे साइन केराबारी, डागिहाट युथ क्लव लक्ष्मिमार्ग, ए. पि. एफ. सुनसरी, वि एम एकेडेमी बोराबन र आयोजक बि.वाई.सि रातोे भाउन्ने गरि १० टिमको सहभागीता रहने प्रतियोगीता संयोजक विक्रम तामाङले बताए ।