News पाँचौं मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखि
गोलनेपाल

ताप्लेजुङ । पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लब, मेरिङदेन–३ खाम्लुङ ताप्लेजुङको आयोजनामा अन्तर जिल्ला स्तरीय आमन्त्रित पाँचौं मेरिङदेन कप पुरुष फुटबल प्रतियोगिता–२०८२ कार्तिक ७ गते देखि १२ गते सम्म सन्चालन हुने भएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, विकास, शिक्षा र अनुशासन युवाहरूको अभियान” भन्ने नाराका साथ हुन गइरहेको प्रतियोगितामा विभिन्न जिल्लाका टिमहरूको सहभागिता रहने आयोजक क्लबले जनाएको छ।

प्रतियोगितामा पहिलो हुने टिमले रु. १,५१,१८२/- र दोस्रो हुने टिमले रु. ८१,१८२/- पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडी, गोलकिपर, फर्वार्ड, मिडफिल्डर र डिफेन्डरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।

Post Comments