News १७औं सुनसरी कप शुरु, मधेसाको विजयी शुरुवात
गोलनेपाल

रामधुनी । शुक्रबारदेखि शुरु भएको १७औं सुनसरी कप नकआउट फुटबल प्रतियोगितामा मधेसा फुटबल क्लब, मधेसाले विजयी शुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

कुम्याही खेलमैदानमा भएको उद्घाटन खेलमा मधेसाले लबीपुर फुटबल क्लब, लबीपुरलाई २–१ ले हराउँदै विजयी शूरुवातका साथ अन्तिम चारमा प्रवेश गरेको हो । मधेसाको जितमा अजित चौधरी र योगन राईले गोल गरे । पराजित लबीपुरका लागि भने सलोज जिमीले एक मात्र गोल गरेका थिए ।

खेलमा मधेसा कै योगन राई म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत असोज २५ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल अमाहा फुटबल क्लब, अमाहा र चत्रा फुटबल क्लब, चत्रा बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रामधुनी नगरपालिका, सुनसरीका उपप्रमुख तारा थापाले गरेकी थिईन् ।

जनचेतना युवा क्लब, रामधुनी नगरपालिका–२, कुम्याही, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने असोज ३१ गतेका दिन हुनेछ ।

 

Post Comments