News इलाममा कागे च्यारिटी कप फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

सन्दकपुर । जमुना फुटबल क्लब, सन्दकपुर–५, इलामको आयोजनामा हुने कागे कप फुटबल प्रतियोगितालाई यस वर्ष कागे च्यारिटी कप फुटबल प्रतियोगिताका रुपमा आयोजना गरिने आयोजकले जनाएको छ ।

गत असोज १८ गते भएको अविरल वर्षा र त्यसले निमत्याएको विपत्तिले मानवीय र भौतिक पूर्वाधारमा पुर्याएको क्षतिले सिङ्गो इलाम शोकमा डुबेको छ । यस समय सबै इलामे जनता एकजुट हुन जरुरी छ । यस शोकको क्षणलाई शक्तिमा बदल्दै पुनर्निर्माण लाग्न जरूरी रहेको आयोजकले बताएको छ ।

यसै अनुरुप आयोजक क्लबे पनि सामाजिक दायित्वलाई महसुस गर्दै, परम्परागत रूपमा आयोजना गर्दै आएको कागे फुटबल प्रतियोगितालाई यस वर्ष रूपान्तरित गर्दै यस वर्षको कागे कपलाई च्यारिटी प्रतियोगिताको रूपमा आयोजना गर्ने निर्णय गरिएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य हालैको विनाशकारी बाढी पीडितहरूलाई सहयोग रकम संकलन गर्ने हो । सहयोगार्थ प्रतियोगिता आयोजना गरि प्रतियोगिताबाट आर्जन भएको रकम अति आवश्यक पुनर्निर्माणको कामको निमित्त वडासँग समन्वय गरि सहयोग गर्ने लक्ष्य लिएको आयोजक क्लबले जानकारी दियो ।

यो प्रतियोगिताले खेलकुदमार्फत एकता, मानवता र सहयोगको सन्देश फैलाउने विश्वास पनि आयोजकले लिएको छ । फुटबल केवल खेल होइन, संकटका समयमा एकआपसमा हातेमालो गर्ने माध्यम हो भन्ने सन्देश दिन यो पहल गरिएको हो ।

प्रतियोगिताबारे विस्तृत विवरणः

7 'A' खेल हुने।

प्रथम पुरस्कार : रु ५०,०००/-

दोस्रो पुरस्कार : रु २५,०००/-

प्रतियोगिता मिति: २०८२ असोज ३० - कात्तिक ५ गतेसम्म।

स्थान: गजधर धनमाया रङ्गशाला।

उद्देश्य: बाढी पीडितहरूका लागि सहयोग संकलन संबन्धित सबै टिमहरू, सहयोगी संस्था, तथा व्यक्तिहरूलाई प्रतियोगितामा सहभागी वा सहयोग गर्न अनुरोध गरिन्छ। तपाईंहरूको सानो योगदानले पनि धेरै जीवनमा आशा जगाउन सक्छ।

सीमित टिममात्र समावेश गरिने भएकोले चाडै सम्पर्क गर्नुहोला। सम्पर्क:

जीवन गुरुङ = 9842737760

सङ्गीत गुरुङ= +9779824080064

जितेन गुरुङ = +9779768817311

उमेश गुरुङ = 9804932239

रिकेश गुरुङ = +9779804968475

आदर्श गुरुङ = 9825951248

Post Comments