News उत्कृष्ट कमब्याक जितसँगै बिरगंज युनाईटेड ठोरी गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सनिबार सम्पन्न अन्तिम प्रि क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन बिरगंज युनाईटेड बिरगंजले श्री परिवर्तन हातेमालो युवा संगठन चितवनलाई दुईका बिरुध्द तिन गोलले हराउदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ।

हातेमालो युवा संगठन चितवनले खेलको नवौ मिनेटमा अनिल रानाको उत्कृष्ट फ्रि किक गोल मार्फत अग्रता बनाएको थियो। उक्त गोलनै पहिलो हाफको निर्णायक गोल पनि रहेको थियो ।

दोस्रो हाफमा उत्कृष्ट खेल पस्किएको बिरगंजले खेलको ५८ मिनेटमा अन्जन बच्छड को सानदार गोलमा खेलमा फर्किएको थियो भने लगत्तै एक मिनेट नबित्दै बिरगंजका लागि देब गुरुङको असिस्टमा बिज्ञान चौधरीले हेड मार्फत गोल गर्दै नतिजा दुई एक बनाएका थिए। ६२ औ मिनेटमा बिरगंजका लागि अन्जन बच्छडले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल ३/१ को नतिजामा पुगेको थियो।

खेलको अन्त्यतिर हातेमालोको लागि समीप ढकालको असिस्टमा जेबिन लामिछानेले गोल गर्दै अग्रतालाई छोट्याए पनि आफ्नो टोलीको लागि हार जोगाउन सकेनन्। समग्रमा बिरगंज युनाईटेड श्री परिवर्तन हातेमालो संगठन चितवन विरुद्ध तीन/ दुई गोलको कमब्याक जितको साथमा क्वाटर फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो।

उक्त खेलको म्यान अफ दी म्याच बिरगंज युनाईटेडका दुई गोलकर्ता खेलाडी अन्जन बच्छड बन्दै नदग रु. दुई हजार पाँच सय सहित ट्रफि, मेडल प्राप्त गरे ।

पहिलो चरण पुरा भएसॅगै क्वाटर फाइनल खेल आइतबारबाट सुरू हुने भएका छन्। जसअर्न्तग पहिलो खेल भरतपुर फुटबल क्लब चितवन र अल्टोकी क्लब रौतहट आइतबार दिनको ठिक दुई तिस बजे सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन्। प्रत्येक दिन एकमात्र खेल रहेका छन्।

Post Comments