News चौथो ठोरी गोल्डकपको अन्तिम सेमिफाइनल खेल निर्णय बिहिन
गोलनेपाल

ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत शनिबार अन्तिम सेमिफाइनल प्रतिभा युवा क्लब (आयोजक) र डिफेन्डिङ च्याम्पियन बिरगंज युनाईटेड बिरगंज रोमान्चक खेल सन्चालन भएको छ ।

खेलको सोह्र मिनेटमा अन्जन बच्छरको पासमा युवराज खड्काले गोल गर्दै बिरगंजलाई अग्रता दिलाएका थिए। उक्त गोलनै पहिलो हाफको लागि निर्णायक गोल पनि रहेको थियो।

दोस्रो हाफ थप रोमान्चक बन्दा सिसस थापा मगरले ५६ औं मिनेटमा गरेको गोलबाट आयोजक खेलमा फर्किन सफल भएता पनि त्यसको केहि मिनेट नबित्दै बिरगंजको प्रहार रोक्ने क्रममा आयोजकका डिफेन्डर सुदिप थापाले आफ्नै गोलपोस्टमा गोल गर्दा फेरी बिरगंज अग्रता लिन सफल भएको थियो। चौसठ्ठी औं मिनेटमा सुजन डंगोलले आयोजकको लागि उत्कृष्ट बराबरी गोल गर्दा खेल दुई दुई को बराबरीमा आएको थियो। बाँकी समय दुवै टोलीबाट अन्य गोल हुन नसकेपछि खेल पेनाल्टीतर्फ गएको हो।

दुवै टोलीबाट कुल पाँच/पाँच पेनाल्टी प्रहार हुदा दुवै टोलीबाट चार/चार गोल भएपछि सडन डेथमा पनि बराबर हुदा उक्त खेल समय अभाबका कारण शनिबार निर्णय बिहिन हुदै आइतबारको लागि सारिएको हो । उक्त खेल आइतबार बिहान आठ बजे बाकी सडन डेथबाट सुरु हुने भएको छ।

Post Comments