
हेटौडा । हर्दि युवा समाज, राप्ती र दुधौली स्पोर्टस क्लब, सिन्धुलीले जारी बिजय युथ हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
शनिबार भएको पहिलो खेलमा हर्दि युवा समाजले बिरगंज युनाइटेडमाथि २–० को जित निकाल्यो । हर्दि युवाको जितमा खेलको सातौं मनिटमै निरज चौधरीले गोलको खाता खोलेका थिए भने १३औं मिनटमा सुरेश कुमालले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।
खेलमा हर्दि युवा समाजका सुरेश कुमाल नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । यो जितसँगै प्रतियोगितामा बाई पाएको हर्दि युवा समाज सेमिफाइनलमा प्रवेश गर्न समेत सफल भएको छ ।
दुधौलीलाई टाईब्रेकरको सहारा
त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा दुधौली स्पोर्टस क्लब, सिन्धुलीले बिरगंज युथ एकेडेमीमाथि टाईब्रेकरमा ४–२ को जित निकाल्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बिरगंजका लागि आदित्य शाक्यले गोल गरेका थिए भने दुधौलीका लागि प्रताप राईले गोल गरेका थिए ।
टाइब्रेकरमा सिन्धुलका लागि विक्रम दनुवार, सञ्जय तामाङ, गोपाल लिम्बु र प्रताप राईले गोल गरेका थिए । उता वीरगञ्ज युनाइटेडका लागि अजय चौधरी र शेष श्रेष्ठले मात्र गोल गर्न सकेन । कृष्ण शाक्य र आदित्य शाक्यको प्रहार सिन्धुलीका गोलरक्षक रेम्बो चौधरीले जोगाएका थिए । गोलरक्षक रेम्बो नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।
आइतबार पनि दुई खेल
प्रतियोगिता अन्तरगत माघ १८ गते आइतबार पनि दुई खेलहरु हुने खेल संयोजक राजेश भेटवालले बताए । जसअन्तरगत पहिलो खेलमा एफसी रियाले, काठमाडौं र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब भिड्ने छन् भने दोस्रो खेलमा सर्लाही जिल्ला फुटबल संघ र आयोजक एफसी विजय युथ, हेटौडा भिड्ने छन् ।
आउँदो माघ २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्ने आयोजक क्लबका अध्यक्ष सुदिप राजवाहकले जानकारी दिए ।ञ
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा