News
मनाङ र थ्रीस्टारका दर्जनौं खेलाडी मच्छिन्द्रमा अनुबन्धित

शहिद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको मच्छिन्द्र क्लबले सनसनी मच्याउँदै पूर्व लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबबाट ८ र थ्रीस्टार क्लबबाट ६ खेलाडी अनुबन्ध गरेको छ ।
आगामी महिनादेखि शुरु हुन गईरहेको ए डिभिजन लिगका लागि मच्छिन्द्रले एएफसी ए लाइसेन्स प्रशिक्षक प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकका रुपमा समेत नियुक्त गरेको छ ।
मनाङबाट अनुबन्ध भएका खेलाडीहरु: अभिषेक रिजाल, बिराज महर्जन, बिशाल राई, बिशाल श्रेष्ठ, दिपक राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अडिलजा सोमिडे
थ्रीस्टारबाट अनुबन्ध भएका खेलाडीहरु: बिजय धिमाल, बुद्ध चेम्जोङ, देवेन्द्र तामाङ, रन्जित धिमाल, योगेश गुरुङ, पिटर सेगुन
अन्य खेलाडीहरु : रेजिन सुब्बा (नेपाल पुलिस), सुर्य अधिकारी (मोरङ)
Post Comments