काठमाडौं । शनिबारदेखि शुरु भएको प्रतिष्ठित एएफसी च्यालेञ्ज लिगतर्फ पहिलोपटक विदेशी क्लबका लागि खेलिरहेका नेपालका मणि कुमार लामाको भुटानी टोली पारो फुटबल क्लबले पहिलो खेलमा हार बेहोरेको छ ।
वेस्ट रिजनतर्फ समूह ए मा रहेको पारोले आफ्नो पहिलो खेलमा ओमानी क्लब अल–शबाबसँग १–० को हार बेहोरेको हो । मणिले पारोका लागि पहिलो रोजाई मै रहेर खेले तापनि क्लबका लागि सुखद शुरुवात गर्न सकेनन ।
समूह ए को आयोजक टोली समेत रहेको पारोले आफ्नो दोस्रो खेल २८ अक्टोबरका दिन तुर्कमेनिस्तानी क्लब अल्टिन असिर एफसी विरुद्ध खेल्नेछ । शनिबार नै भएको अर्को खेलमा अल्टिनले किर्गिज क्लब अब्दिश अता एफसीलाई समान १–० ले हराएको थियो ।
सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितातर्फ समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।
Photo: Paro FC