केराबारी । खदम फुटबल क्लब र बिशाल फुटबल क्लब यहाँ जारी प्रथम आहाले कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको प्रिक्वाटरफाइनलतपर्ः खदमले धरान स्र्पोटिङ क्लबलाई ३–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । खदमको जितमा कृष्ण राईले दुई गोल गर्दा थप एक धिरेन लिम्बुले गरे । खदमका दुई गोलकर्ता कृष्ण राई म्यान अफ दि म्याच समेत चुनिए ।
त्यस्तै अर्को खेलमा बिशाल एफसीले तालतलैया फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो । बिशाल एफसीको जितमा अर्जुन लिम्बुले दुवै गोल गरे भने तालतलैयाका लागि सक्षम प्रधानले गोल गरेका थिए । खेलमा बिशाल एफसीका अर्जुन लिम्बु म्यान अफ दि म्याच बने ।
युनाइटेड आहाले युथ क्लब र आहाले सामुदायिक वन, केराबारी–६, मोरङको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ६५५५५ र उपबिजेताले ३५५५५ प्राप्त गर्नेछ । प्रतियोगितामा १६ टोलिको सहभागिता रहेको छ ।