काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित सदस्य तथा अनुभवी डिफेन्डरका रुपमा परिचित पुजा रानाले बंगलादेशी क्लबबाट व्यवसायीक फुटबल खेल्ने भएकी छिन् ।
पुजालाई नयाँ सिजनका लागि बंगलादेशको नसरीन फुटबल एकेडेमीले अनुवन्ध गरेको हो । नसरीन डिसेम्बर महिनामा नेपाल मै हुन गईरहेको साफ महिला क्लब च्याम्पियनसिपको तयारीमा पनि छ ।
पुजालाई अनुवन्ध गरेको कुरा नसरीनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत जानकारी गराएको छ । पुजाले हालै भुटानको ट्रान्सपोर्ट युनाइटेडबाट शिर्ष महिला लिग खेलेकी थिईन् । भुटानमा पनि पुजाको प्रदर्शन दर्शनीय रह्यो ।
त्यसो त पुजाले हालैका दिन भारतमा भएको तीन देशीय महिला सिरिजमा इरान र भारत विरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । दबाबका बीचमा पनि रक्षात्मकसँगै सुन्दर र आक्रमक खेल पस्कन माहिर पुजा दक्षिण एसियाका चर्चित क्लबहरुको नजरमा पर्न सफल भएकी छिन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल