घोघिदाहा भवानीपुर । संघर्षपुर्ण जितका साथ बिराटनगर स्पोर्टस एकेडेमी, मोरङ जारी ४४औं जनचेतना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको अन्तिम क्वाटरफाइनलमा बिराटनगरले आयोजक महुली ११ स्पोर्टस क्लब, सप्तरीलाई टाईब्रेहरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
जनचेतना माविको खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा बिराटनगरले ४–३ ले नतिजा आफ्नो पक्षमा पार्यो र सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।
खेलमा बिराटनगरका प्रमिजय गच्छदार म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत कार्तिक १३ गतेको पहिलो सेमिफाइनल खेल अल्टोकी क्लब, रौतहट र झुम्का फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
महुली ११ स्पोर्टस क्लब, घोघिदाहा भवानीपुर, सप्तरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १६ गतेका दिन हुनेछ ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा