News एन्फा प्रेसिडेन्ट लिगः टाइगर्स टिमलाई सफलता
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । जारी एन्फा प्रेसिडेन्ट लिगतर्फ बिहीबार भएको दोस्रो खेलमा टाईगर्स टिम, दोलखाले महत्वपूर्ण जित हात पारेको छ । दिनको दोस्रो खेलमा टाईगर्स टिमले गाईघाट फुटबल क्लब, उदयपुरलाई २–१ ले हरायो ।

टाइगर्स टिमका लागि सुजन लामा र आशिष श्रेष्ठले गोल गरे । गाईघाटका लागि भने युगन राईले गोल गरे । खेलमा टाइगर्स टिमका सुसन लामा प्लेयर अफ द म्याच घोषित भए ।

आगामी २ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् ।

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ ।

Post Comments