News एन्फा प्रेसिडेन्ट लिगः काँक्रेबिहार र नव जनजागृतिको बराबरी, हैरान्सको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । जारी एन्फा प्रेसिडेन्ट लिगतर्फ शनिवार भएको खेलमा काँक्रेविहार यूथ क्लब र नव जनजागृति युवा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सो खेलमा काँक्रेविहारका लागि आशिष चापागाईले गोल गरे भने नव जन जागृतिका लागि रुजन न्यौपानेले गोल गरे । काँक्रेविहार सरिन जिसी खेलको म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा हैरान्स क्लबले टाइगर्स टिमलाई ५–२ ले हरायो । हैरान्सका लागि रोशन दोङल २ गाल गरे । समिराज थोकर, अनिष महर्जन र विश्व लामाले थप गोल गरे । उता टाइगर्सका विशेष लामाले दुवै गोल गरे । सो खेलमा हैरानसका रोशन दोङ प्लयेर अफ द म्याच घोषित भए ।

२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लालीगुराँस एसोसिएसन क्लब छन् ।

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले उपाधिसहित नगद १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुनेछ ।

Post Comments