News वडा १४ टाइब्रेकरमा विजयी
गोलनेपाल

काठमाडौँ । तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आइतबार चार खेल सम्पन्न भएका छन् । दोस्रो दिन वडा नं १४, वडा नं २०, वडा ६ र वडा ४ ले जित हासिल गरे ।

लैनचौर फुटसल मैदानमा आइतबार भएको पहिलो खेलमा वडा १४ ले वडा २२ लाई टाइब्रेकरमा ३–१ ले हरायो । निर्धारीत समयको खेल गोलरहित बराबरीमा सकिएपछि जितहारको छिनोफानो पेनाल्टी सुटआउटमा गरिएको हो । सो खेलमा वडा १४ का प्रकाश थापा मगर म्यान अफ दि म्याच घोषित भए । वडा १४ पहिलो संस्करणको विजेता हो ।

दोस्रो खेलमा अभिषेक गजुुरेलको दुई गोलको सहयोगमा वडा २० ले वडा १२ लाई ३–० ले हरायो । सो खेलमा वडा १२ का राज शाहीले आत्मघाती गोल गरेका थिए । गोकलर्ता अभिषेक म्यानअफ दि म्याच चुनिए ।

तेस्रो खेलमा वडा ६ ले वडा ९ लाई ७–१ को फराकिलो अन्तरले पराजित गर्यो । सो खेलमा म्यान अफ दि म्याच सोमयम घिमिरेले चार तथा केशर भण्डारीले दुई गोल गर्नुभयो । एक गोल रोहन लामाको नाममा रह्यो । यसैगरी वडा नं ९का अजल अधिकारीले गरेको गोल सान्त्वना मात्र बन्यो ।

चौथो तथा अन्तिम खेलमा वडा ४ ले वडा १८ लाई ७–१ ले नै सजिलै हरायो । विजयी टिमका लागि विक्रान्त नरसिंह रानाले दुई त सुजन विके, प्रसिद्ध मगर, सुविन थापा, मिगरियाक गुरुङ र दिपक बस्नेतले एक–एक गोल गरे । वडा १८ का लागि सोमिथ श्रेष्ठबाट एक गोल आयो । सो खेलमा विक्रान्तले म्यान अफ दि म्याचको पुरस्कार पाए ।

Post Comments