काठमाडौँ । वडा नं ४ र वडा नं १३ बिच तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ ।
वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा वडा ४ ले वडा ११ लाई सडन डेढमा ६–५ र पराजित गर्यो । निर्धारीत समयको खेल २–२ ले बराबरीमा सकिएको थियो । निर्धारीत समयमा वडा ४ का लागि दुवै गोल प्रसिद्ध थापा मगरले गरे । वडा ११ का लागि धने श्रेष्ठ र शंकर ध्वजले गोल गरेका थिए । सो खेलमा प्रसिद्ध म्यान अफ दि म्याच बने ।
अर्को सेमिफाइनलमा वडा १३ ले वडा ६ लाई पेनाल्टी सुटआउटमै २–१ ले पराजित गर्यो । निर्धारति समयको खेल १–१ ले बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको हो । निर्धारीत समयमा वडा १३ का लागि विकेश शाही र वडा ६ का लागि संयम घिमिरेले गोल गरेका थिए ।
प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ । पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न