News लालीगुराँसलाई एन्फा प्रेसिडेन्ट लिगको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटाैडा / अखिल नेपाल फुटबल संघ (एन्फा ) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको व्यवस्थापनमा हेटौंडाको गौरीटार रंगशालामा १९ गतेदेखि सञ्चालनमा आएको एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता २०२५ को उपाधि लालिगुराँस एफसी पोखरा ले हात पारेको छ। फाइनलमा लालिगुराँसले चित्लाङ फुटबल क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो।

निर्धारित ९० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो। उपाधिसँगै लालिगुराँसले नगद दश लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता चित्लाङले पाँच लाख रुपैयाँमा सन्तोष मान्नुपरेको छ।

दश खेलाडीमा झरे पनि चित्लाङको राम्रो प्रदर्शन

प्रतिस्पर्धात्मक फाइनलको दोस्रो हाफको ६औँ मिनेटमा चित्लाङका डिफेन्डर कृष्ण रानाभाट दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए। एक खेलाडी कम रहे पनि चित्लाङले खेलको अधिकांश समय प्रतिरोध गर्दै लालिगुराँसलाई दबाबमा राखेको थियो।

पेनाल्टी सुटआउटमा लालिगुराँसका आशिष गुरुङ, सरोज गुरुङ र लक्षु थापा ले सफल प्रहार गरे। चित्लाङतर्फ शिषिर लेखी को प्रहार मात्रै गोलमा परिणत भयो। मदन स्याङतान र जय गुरुङ का प्रहार पोस्टमा लागेर बाहिरिए भने गौरव श्रेष्ठ को प्रहार लालिगुराँसका गोलकिपर एन्जल श्रेष्ठ ले रोकिदिए।

व्यक्तिगत पुरस्कारहरू

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका लालिगुराँसका गोलकिपर एन्जल श्रेष्ठ लाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिए। उनले प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर पुरस्कार पनि हात पारे, जसअन्तर्गत उनलाई नगद २५ हजार प्रदान गरियो।

चित्लाङका शिषिर लेखी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बने। उनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरे। फेयर प्ले टिम को रुपमा बाराको नव जन जागृति युवा क्लब चयन भयो र टोलीले ५० हजार नगद प्राप्त गर्यो।

अतिथिहरूको उपस्थिति

Post Comments