News
इतिहादका लागि फेरी प्रितीको गोल
काठमाडौं । जोर्डनमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी स्टार मिडफिल्डर प्रिती राईले जोर्डनको शिर्ष महिला लिगमा आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै गोल स्कोरिङ लयलाई पनि निरन्तरता दिएकी छिन् ।
जोर्डनको शिर्ष महिला प्रो लिगको सातौं खेलमा इतिहादले फ्युचर नशामासँग १–१ को बराबरी खेल्दा इतिहादका लागि पहिलो रोजाई मै रहेर खेलेकी प्रितीले एक मात्र गोल गरिन् ।
यो बराबरी नतिजाका बावजुद इतिहाद १४ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । इतिहादले आफ्नो आगामी खेल डिसेम्बर ८ तारीखका दिन इस्टिकलल क्लबसँग खेल्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने