News
१८औं आत्मानन्द गोल्ड कपः सिरिजङगा स्पोर्टिङ सेमिफाइनलमा
माङसेबुङ। धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र मानिइने माङसेबुङमा सुरु भएको १८औं आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सिरिजङगा स्पोर्टिङ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आइतबार सम्पन्न उद्घाटन खेलमा सिरिजङगा मोरङले माङसेबुङ गाउँपालिका, इलामलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
जितमा सिरिजङगा मोरङका सञ्जय धिमालले शानदार ह्याट्रिक प्रहार गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। माङसेबुङका ओशन राईले एक गोल फर्काएका थिए। खेलमा उत्कृष्ट प्रदर्शनका आधारमा सिरिजङगा मोरङका सञ्जय धिमाल ‘म्यान अफ दी म्याच’ घोषित भए र नगद पुरस्कारले सम्मानित भए।
प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गरेका थिए।
आठ टोली सहभागी प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा तिजोक युवा क्लब पाँचथर र लेटाङ फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुने जानकारी आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले दिएका छन्।
Post Comments
Related News