News लेटाङ आत्मानन्द गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

माङसेबुङ । लेटाङ फुटबल क्लब मोरङले इलामको धार्मिक तथा पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १८औँ संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार सम्पन्न खेलमा लेटाङ मोरङले तिजोक युवा क्लब, पाँचथरलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो। टाईब्रेकरमा गोलकिपर समिर क्षेत्री उत्कृष्ट प्रदर्शन गर्दै नायक बनेका थिए। उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए।

Post Comments