News
पोर्चुगल र अष्ट्रिया फिफा यु–१७ विश्वकपको फाइनलमा भिड्ने
काठमाडौं (एजेन्सी) । कतारमा जारी २०औं संस्करणको फिफा यु–१७ विश्वकपको फाइनलमा पहिलोपटक पोर्चुगल र अष्ट्रिया भिड्ने भएका छन् ।
कतारको अल–रयन शहरमा भएको पहिलो सेमिफाइनलमा अष्ट्रियाले इटालीलाई २–० ले हराउँदै ऐतिहासिक रुपमा पहिलोपटक फाइनलमा स्थान बनाउन सफल भयो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा पोर्चुगलले चारपल्टको विजेता ब्राजीललाई पेनाल्टी शुटआउटमा ६–५ ले निराश बनायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
अब २७ नोभेम्बरका दिन हुने फाइनलमा पोर्चुगल र अष्ट्रिया उपाधिका लागि भिड्ने छन् । त्यस्तै सोही दिन तेस्रो स्थानका लागि हुने खेलमा इटाली र ब्राजीलले पनि प्रतिस्पर्धा गर्नेछन् ।
Post Comments
Related News