काठमाडौं (एजेन्सी) । कतारमा सम्पन्न फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगिताको उपाधि पहिलोपटक पोर्चुगलले जित्न सफल भएको छ । फाइनलमा पोर्चुगलले अष्ट्रियालाई हराउँदै ऐतिहासिक पहिलोपटक उपाधि चुम्न सफल भएको हो ।
कतारको अल–रयन शहर स्थित खलिफा इन्टरनेशनल स्टेडियममा भएको फाइनल भिडन्तमा पोर्चुगलले अष्ट्रियामाथि १–० को जित निकाल्यो । खेलको ३६औं मिनटमा एनिसियो काबरलले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
ब्राजीललाई हराउँदै इटालीलाई तेस्रो स्थान
त्यस्तै प्रतियोगितामा इटालीले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको खेलमा इटालीले ब्राजीललाई पेनाल्टी शुटआउटमा हरायो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा इटालीले ब्राजीलमाथि ४–२ को जित निकाल्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।
स्मरण रहोस, सेमिफाइनलतर्फ इटालीले अष्ट्रियासँग २–० को हार बेहोरेको थियो भने ब्राजीलले पोर्चुगलसँग पेनाल्टी शुटआउट मै नतिजा सुम्पिन बाध्य बनेको थियो ।