News
प्रथम त्रिवेणी च्यालेञ्ज कपः सैनिक युथ सेमिफाइनलमा
मेचीनगर । रोमाञ्चक जितका साथ सैनिक युथ क्लब यहाँ जारी प्रथम त्रिवेणी च्यालेञ्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मेचीनगर १५, झापा स्थित ज्यामिरगढी हाई स्कुलको खेलमैदानमा भएको क्वाटरफाइनलतर्फ सैनिक युथले कोशी पुलिस क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
सैनिक युथको जितमा निर्णायक दुई गोल गरेका सौरभ सुब्बा खेलको म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १३ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल रेडहर्ष क्लब, इलाम र युनाइटेड ब्रदर्श, दार्जिलिङ बीच हुने आयोजकले जानकारी दियो ।
त्रिवेणी युथ क्लब, मेचीनगर, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा