News एन्फा अध्यक्षमा शाहीको उम्मेदवारी घोषणा
गोलनेपाल

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय खेलाडडी समेत रहेका बिराटजंग शाहीले अर्को वर्ष हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

हाल एन्फा कै उपाध्यक्ष समेत रहेका शाहीले आइतबार विज्ञप्ती जारी गर्दै आफ्नो एन्फा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली फुटबललाई विद्यमान बेथिति र बिसंगतीबाट मुक्त नगर्ने हो भने नेपाली फुटबल इतिहासको पानामा मात्र सिमित हुने बताएका छन् ।

देशको वर्तमान फुटबल संकटलाई निकास दिन आफूले उम्मेदवारी घोषणा गरेको शाहीले बताए । शाहीले आफू नेतृत्वमा पुगे सबै सरोकारवालाहरुलाई समेटेर नेपाली फुटबलको गुमेको प्रतिष्ठा पूनःस्थापित गर्ने लक्ष्य लिएको बताए । साथै शाहीले सबैको भावनालाई समेटेर अघि बढ्ने पनि स्पष्ट पारे ।

स्मरण रहोस, वर्तमान एन्फा कार्यसमितिको चार वर्षे कार्यकाल अर्को वर्षको असार ५ मा सकिंदैछ ।

Post Comments