News पूर्वेली फाइनलमा, उपाधिका लागि न्यु स्टारसँग भिड्ने
गोलनेपाल

भद्रपुर । पूर्वेली युवा क्लब, बिर्तामोड यहाँ जारी स्व. आलोक भण्डारी र संजिव गिरी स्मृति दोस्रो चन्द्रगढी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा शनिश्चरे फुटबल क्लब, झापालाई ४–१ ले हराउँदै पूर्वेली उपाधि नजिक पुगेको हो । पूर्वेलीको जितमा अबियोमी फाकुन्लेले दुई गोल गर्दा प्रशान्त लक्षम र निरज कार्कीले एक–एक गोल गरे । उता शनिश्चरेका लागि भने निमा तामाङले एक मात्र गोल फर्काएका थिए ।

खेलमा पूर्वेली युवा क्लबका अबियोमी फाकुन्ले म्यान अफ दि म्याच चुनिए । पूर्वेलीले अब यही मंसिर २० गते हुने फाइनलमा न्यु स्टार क्लब, खोपबाडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

चन्द्रगढी युवा क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ ।

 

Post Comments