मिक्वाखोला । ताप्लेजुङको मिक्वाखोला–४ थलङमा बिहीबारबाट चासोक तङनाम मेला भव्य रूपमा सुरू भएको छ। विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित मेलाको औपचारिक उद्घाटन गरिएको थियो। चासोक तङनामको अवसरमा विभिन्न किसिमका फलफुल तथा कन्दमूल वितरण गरी शुभकामना आदान–प्रदान गरिएको थियो।
मेलासँगै थलङ स्पोर्टिङ क्लबले तेस्रो आमन्त्रित खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितात्मक खेलहरू मंसिर १९ गते शुक्रबारदेखि सञ्चालन हुनेछन्।
मेलाको दोस्रो दिन शुक्रबार क्वार्टरफाइनलका दुई खेल हुने कार्यक्रम छ। पहिलो खेलमा आयोजक टिम र ग्रीन भ्याली युवा क्लब मेरिङदेन–नाल्बुबीच दिउँसो १२ बजे प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो २ बजे फङफङदेन स्पोर्टिङ क्लब (सावा) र बिसिएस (सावदेन) आमनेसामने हुनेछन्।
प्रतियोगिताको विजेताले नगद १ लाख ५२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले १ लाख रुपैयाँका साथ मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबले जनाएको छ। यसैगरी ‘वेष्ट किपर’, ‘वेष्ट डिफेन्डर’, ‘वेष्ट प्लेयर’ र ‘हाइ स्कोरर’ पुरस्कार विजेता खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा विभिन्न जिल्लाका आठ टोलीको सहभागिता रहेको छ। मंसिर १८ देखि २२ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेलहरूको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकममार्फत हुने आयोजकले जानकारी दिएको छ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई