राजारानी । घरेलु टोली हाम्रो राजारानी भेट्रान, धनकुटा र मर्निङ भेट्रान, मोरङ यहाँ जारी स्व. ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति तेस्रो हाम्रो राजारानी भेट्रान कपको फाइनलमा भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तर्गत मंसिर १७ गते बुधबार भएको पहिलो सेमिफाइनलमा हाम्रो राजारानी भेट्रानले एभरेष्ट भेट्रान, मोरङलाई २–० ले हराउँदै फाइनलमा प्रवेश गर्यो । हाम्रो राजारानी भेट्रानका लागि मित्र बस्नेत र अंकुर खड्कीले गोल गरे । खेलमा हाम्रो राजारानी भेट्रान कै खड्की म्यान अफ दि म्याच बने ।
त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनलमा मर्निङ भेट्रानले भोजपुर भेट्रान, भोजपुरलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा मर्निङ भेट्रानका गोलरक्षक विश्व बन्धु म्यान अफ दि म्याच चुनिए ।
फाइनल खेल यही मंसिर १८ गते बिहीबारका दिन हाम्रो राजारानी भेट्रान, धनकुटा र मर्निङ भेट्रान, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा