News
सहिद स्मारक ‘C’ डिभिजन छनोट: नेपालगन्ज स्पोर्टिङ क्लबको शानदार जित
काठमाडौं । सहिद स्मारक ‘C’ डिभिजन छनोट खेलको नकआउट चरणको पहिलो दिन नेपालगन्ज स्पोर्टिङ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै बलियो सुरुवात गरेको छ। आइतबार भएको दिनको पहिलो खेलमा नेपालगन्जले हामी दाजुभाइ एफसीलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको थियो।
उत्कृष्ट जितसँगै नेपालगन्जका मदन स्याङतान चम्किए, उनले एक्लैले चार गोल गरे। त्यस्तै लक्ष्मण रानाले दुई गोल थपे भने सबिन राई, लहन सुब्बा, भोजराज बस्नेत र रोशेस श्रेष्ठले एक–एक गोल गर्दै टोलीलाई दोहोरो अंकको विजय दिलाए।
आइतबारकै दोस्रो खेलमा बुद्धि विकास एफसीले कस्यप एफसीलाई १–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनाएको छ। दिनको अन्तिम खेलमा गन्नी एफसीले दक्षिण ढोका युथ क्लबलाई ३–२ ले हराउँदै रोमाञ्चक जीत हात पार्यो।
छनोटको नकआउट चरणसँगै टोलीहरू ‘C’ डिभिजन प्रवेशका लागि प्रतिस्पर्धामा झन् कडा भएर उत्रिएका छन्। आगामी खेलहरू पनि निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान