News
इतिहादको उत्कृष्ट जितमा प्रितीको गोल
काठमाडौं । जोर्डनको इतिहाद क्लबबाट व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी स्टार मिडफिल्डर प्रिती राईले आफ्नो वर्तमान क्लबका लागि सुन्दर खेल प्रदर्शन गर्नुका साथै गोल समेत गरिरहेकी छिन् ।
जोर्डनको शिर्ष महिला लिगतर्फ आइतबार प्रिती राईको टोली इतिहादले इस्तिकलाल क्लबलाई ५–१ को फराकिलो अन्तरले हराउँदा प्रितीले पनि एक गोल आफ्नो नाममा पारिन् । टोलीको पहिलो रोजाई मै रहेर उत्रिएकी प्रितीले खेलको ५४औं मिनटमा इतिहादका लागि गोल गरेकी थिईन् ।
यो जितपछि ८ खेलबाट १७ अंक जोडेको प्रितीको टोली इतिहाद लिगतालिकाको शिर्ष स्थानमा कायम छ । साथै इतिहादले आफ्नो नवौं चरणको खेल आउँदो १२ डिसेम्बर, शुक्रबारका दिन ओमान फुटबल क्लबसँग खेल्नेछ ।
Post Comments