News
माजियाको फराकिलो जितमा दिपाको पाँच गोल, रेखाको दुई गोल
काठमाडौं । माल्दिभ्सको शिर्ष महिला लिगमा माजिया स्पोर्टसका लागि खेलिरहेका नेपालका दुई चर्चित महिला खेलाडीद्वय दिपा शाही र रेखा पौडेलले आफ्नो वर्तमान क्लबमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
लिगतर्फ माजियाले टिसी स्पोर्टस क्लबलाई १०–० को फराकिलो अन्तरले हराउँदा माजियाको जितमा दिपा शाहीले ह्याट्रिकसहित पाँच गोल गरिन् भने रेखा पौडेलको नाममा दुई गोल रह्यो ।
स्मारण रहोस, यसअघिको खेलमा माजियाले भिक्टोरी स्पोर्टस क्लबसँग २–२ गोलको बराबरी खेल्दा माजियाका लागि दुवै गोल रेखा पौडेलले गरेकी थिईन् । माजियाले आफ्नो आगामी खेल १५ डिसेम्बर, सोमबारका दिन न्यु रेडियन्ट स्पोर्टस क्लबसँग खेल्नेछ ।
लिगमा हाल तीन खेलबाट ७ अंक जोडेको माजिया लिगलिडर ओडी स्पोर्टससँगै समान अंक भए तापनि गोलभिन्नताका आधारमा लिगतालिकाको दोस्रो स्थानमा छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल