News गण्डकी प्रदेश फुटबल संघलाई साफ यू-१९ महिला च्याम्पिनिसिपको व्यवस्थापनको जिम्मा
गोलनेपाल

पोखरा । गण्डकी प्रदेश फुटबल संघले साफ यू-१९ महिला च्याम्पियनसिपको व्यवस्थापन गर्ने भएको छ। एन्फाले पत्र पठाएपछि गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश सामाजिक विकास, यूवा खेलकुद मन्त्रालयसँग कुराकानी सुरु गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरूङले बताए ।जिल्ला खेलकुद विकास समिति कास्की र कास्की जिल्ला फुटबल संघको सहकार्यमा व्यवस्थापनको कार्यमा जुटेको छ।

पोखरा फुटबल स्टेडियममा अन्तर्राष्ट्रियस्तर मापदण्डको ड्रेसिङ रुम, फर्निचर व्यवस्थापन, शौचालय, बाथरुम, प्लेयर बक्स निर्माणका लागि सहजीकरण गर्न गण्डकी प्रदेश फुटबल संघलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।

साफ यू१९ महिला च्याम्पियनसिपमा दैनिक चार खेल सञ्चालन हुने भएकोले चारवटा ड्रेसिङ रुम आवश्यक पर्ने महासचिव गुरूङले जनाएका छन्। उनले अहिले सम्म चार देशको सहभागिता निश्चित भएको बताएका छन्, जसमा नेपाल, भारत, बंगालादेश, भुटान र मालदिभ्स रहेका छन्। पाकिस्तान र श्रीलंकाको टुङ्गो लाग्न बाँकी छ ।

Post Comments