News
नेपालगञ्ज–११ लाई सी डिभिजन लिग छनौटको उपाधि
काठमाडौं । आइतबार सम्पन्न शहिद स्मारक सी डिभिजन लिग छनौट फुटबल प्रतियोगिताको उपाधि नेपालगञ्ज–११ स्पोर्टस क्लबले जितेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा नेपालगञ्ज–११ ले सिन्धुपाल्चोक फुटबल क्लबलाई २–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
यद्यपि फाइनलमा प्रवेश गरकेका नेपालगञ्ज–११ र सिन्धुपाल्चोक दुवैले शहिद स्मारक सी डिभिजन लिगमा आफ्नो स्थान यसअघि नै सुरक्षित गरिसकेका छन् ।
Post Comments
Related News